क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि साउन १४ सम्मको समयसीमा
ratopati.com · Mon Jul 27 14:26:46 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र नवीकरणका लागि साउन १४ गतेसम्मको समय तोकेको छ। पार्टी महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सदस्यता अनुमोदन र अद्यावधिक गर्ने सम्बन्धमा नयाँ समयसीमा र प्रक्रिया निर्धारण गरेको हो।
साेमबार ललितपुरको बी.पी. स्मृति भवनमा बसेको बैठकले वडा सभापतिलाई सदस्यता वितरण र नवीकरणको लागि साउन १४ सम्मको डेडलाइन दिएको हो ।
Read full story at source (ratopati.com)