एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा ७ दिन थप्यो
onlinekhabar.com · Sun Aug 30 07:56:27 GMT 2026

१४ भदौ, काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि बढाएको छ ।
यससँगै अब प्रभावित क्षेत्रमा थप एक साता कम्पनीका यी सेवा निःशुल्क उपलब्ध हुनेछन्। शनिबारदेखि सात दिनसम्म निःशुल्क सेवा थपिएको एनसेलले जनाएको छ ।यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो र सोही अनुसार सेवा दिँदै आएको छ ।
Read full story at source (onlinekhabar.com)