‘द राइज अफ साम्राज्य’ घोषणा गर्दै के भन्छन् सौरभ ?
baahrakhari.com · Mon Jul 27 15:08:55 GMT 2026

काठमाडौं । निर्देशक सौरभ चौधरीले चलचित्र ‘द राइज अफ साम्राज्य’को घोषणा गरेका छन् । निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।
डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने चलचित्रको थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार सैनिक छन् । राणाकालीन पोसाकका सैनिक पोस्टरमा देखिएका छन् । जसले घोडामाथि बसेर हतियार बोकेका छन् । आगो लगाएको दृश्य, आगोको लप्का र रातो कपडाले युद्ध वा क्रान्तिको संकेत गरेको छ ।
Read full story at source (baahrakhari.com)