अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
shilapatra.com · Mon Jul 27 15:15:13 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडाैं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे आज संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् ।
मन्त्रीद्वयले गौशाला, पुरानो बानेश्वर, जडीबुटीलगायत क्षेत्रमा पुगेर तार व्यवस्थापन कामको निरीक्षण गर्नुका साथै सम्बन्धित निकायका पदाधिकारीसँग प्रगति र देखिएका समस्याबारे जानकारी लिएका हुन् । सरकारले पहिलो चरणमा त्रिपुरेश्वर-कालिमाटी-कलङ्की, जडीबुटी-पेप्सीकोला, त्रिपुरेश्वर-लाजिम्पाट, सामाखुसी-टाउन प्लानिङ-गोँगबु, कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर-गौशाला-चाबहिल गरी छ वटा रुटमा अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउने अभियान सञ्चालन गरिरहेको छ ।
Read full story at source (shilapatra.com)