शिव शिखर सहकारीबाट १४ अर्ब ठगी प्रकरण : मुम्बईबाट समातिए नाइके
dainikonline.com · Tue Jun 27 05:35:34 GMT 2023
0
Shares
काठमाडौं । शिव शिखर सहकारीबाट १४ अर्ब ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईबाट समातिएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई त्यहाँ एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।
उनलाई सोमबार पक्राउ गरेर नेपाल ल्याइएको सिआइबीले जनाएको छ । शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको आरोप छ ।
उक्त हिनामिनाको मुख्य नाइके शर्मा भएको अनुसन्धानमा खुलेपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ । उनलाई मंगलबार अदालतमा उपस्थित गराइने बताइएको छ ।
Read full story at source (dainikonline.com)