डा. केसीसँग ७ बुँदे सहमति, तोडियो अनसन
swasthyakhabar.com · Mon Jul 27 15:29:07 GMT 2026

धनगढी - स्वास्थ्य क्षेत्रको सुधार र विगतका सम्झौता कार्यान्वयनको माग राख्दै धनगढीमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ। सहमति भएसँगै डा. केसीले आफ्नो अनसन तोडेका छन्।
बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो। सरकारी वार्ता टोली र डा. केसी पक्षबीच धनगढीमै भएको गहन छलफलपछि ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
Read full story at source (swasthyakhabar.com)