‘पुरातात्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’
rajdhanidaily.com · Sun Aug 30 08:10:59 GMT 2026

काठमाडौं । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले प्रदेशका पुरातात्विक महत्त्वका मूर्त, अमूर्त सम्पदाको संरक्षण एवं संवर्द्धन गरिने बताएका छन्।
उनले प्रदेशमा पुरातात्विक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण सम्पदा धेरै रहेको उल्लेख गर्दै तिनको संरक्षण र संवर्द्धन गरी धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताए। प्रदेशका मूर्त, अमूर्त सम्पदा भावी पुस्तालाई पनि हस्तान्तरण गर्नेगरी उचितरूपमा तिनको संरक्षण पनि गरिने मन्त्री प्रजापतिले बताए।
Read full story at source (rajdhanidaily.com)