शवको खोजीमा पोखरामा परिवार र आफन्त, शव गृहअगाडिको दृश्य भावविह्वल (तस्बिर)
ratopati.com · Sun Aug 30 08:10:38 GMT 2026

पोखरा । रसुवा बाढीमा परी ज्यान गुमाएका १०२ जनाको शव पोखरामा राखिएको छ । तनहुँ, गोरखा र धादिङमा भेटिएका शव राख्ने ठाउँको अभाव भएपछि पोखरा ल्याइएको हो । ती शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल–गण्डकी अस्पताल) र मणिपाल शिक्षण अस्पतालमा राखिएका छन् ।
बेपत्ता आफन्तको खोजीमा परिवारका सदस्य तथा आफन्त अन्य जिल्लाबाट कास्की सदरमुकाम पोखरा पुगेका छन् । पोखरामै रहेका आफन्त पनि बाढीपीडित परिवारको आग्रहपछि शव पहिचानका लागि अस्पतालसम्म पुगेका छन् ।
Read full story at source (ratopati.com)