डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, सत्याग्रह अन्त्य
kalakarmi.com · Mon Jul 27 15:57:05 GMT 2026

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी र नेपाल सरकारद्वारा गठित वार्ता टोलीबीच सोमवार ७ बुँदे सहमति भएको छ । सहमति पत्रमा सरकारी वार्ता टोलीका सदस्य तथा डा. केसीले हस्ताक्षर गरेसँगै उनको सत्याग्रह पनि अन्त्य भएको छ ।
सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा अन्तर्गत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम ३०० शैयाको अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, बजेट र पूर्वाधारको व्यवस्था गरी सञ्चालन प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ । साथै चालु शैक्षिक सत्रमै चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरिने सहमति भएको छ ।
Read full story at source (kalakarmi.com)