रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
ratopati.com · Thu Jun 25 23:25:22 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी ऐतिहासिक पहिलो महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि जगदिश खरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत खरेलले निर्वाचन आयोग समक्ष पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । उनले उम्मेदवारी दर्ता गराएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै यसबारे आधिकारिक जानकारी दिएका छन् ।
दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रम जारी रहँदा महामन्त्री पदको चुनावी समीकरणमा नयाँ फेरबदल देखिएको छ । यसअघि महामन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गरेका परराष्ट्रमन्त्री शिशिर खनाल भने प्रतिस्पर्धाबाट पछि हटेका छन् । खनालले पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि यस पदको भिडन्त थप रोचक बनेको छ ।
Read full story at source (ratopati.com)