‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
ratopati.com · Mon Jul 27 16:26:58 GMT 2026

काठमाडौँ । यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालालाई प्रदान गरिएको छ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले आज यहाँ आयोजना गरेको कार्यक्रममा मुटु रोगको उपचार र बाल चिकित्सा क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै रु दुई लाख २२ हजार २२२ राशि नगदसहित सम्मानपत्रले उनलाई सम्मानित गरिएको हो ।
यसैगरी यस वर्षको ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार नेपाल’ भरतपुर महानगरपालिका-१ देवघाट चितवनमा रहेको गार्गी कन्या गुरुकूललाई प्रदान गरिएको छ । सबै जातका बालिकालाई संस्कृत शिक्षा दिने गुरुकूललाई उक्त पुरस्कार दिइएको हो । यो पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ सहित सम्मानपत्र रहेको छ । पुरस्कार गार्गी कन्या गुरुकूल प्रतिष्ठानका प्रमुख संरक्षक एवं अध्यक्ष भगवती उपाध्यायले ग्रहण गरे ।
Read full story at source (ratopati.com)