ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
ratopati.com · Mon Jul 27 17:26:06 GMT 2026

काठमाडौँ । ललितपुरको महाँकाल गाउँपालिकामा स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त स्कार्पियो भक्तपुरको सानोठिमीस्थित एसओएस बालग्रामको रहेको र त्यसमा कार्यालयका कर्मचारीहरू सवार थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौँको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको छ। उक्त स्कार्पियोमा चालकसहित कुल ६ जना सवार थिए ।
Read full story at source (ratopati.com)