रास्वपाको पहिलो निर्वाचित महिला जिल्ला सभापति बर्दियाकी शान्ता बुढा क्षेत्री बनिन्
onlinekhabar.com · Sun Jun 07 09:16:44 GMT 2026

२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्लाको मूल नेतृत्वमा निर्वाचित पहिलो महिला सभापति शान्ता बुढा क्षेत्री बनेकी छन् । बर्दियाको हिजो भएको अधिवेशनबाट बुढा क्षेत्री फराकिलो मतान्तरले जिल्ला सभापति चुनिएकी हुन् । कार्यवाहक सभापतिको भूमिका रहेकी बुढा क्षेत्रीले सभापति पदमा १५८ मत प्राप्त गरेकी थिइन् ।
बुढा क्षेत्रीसँग सभापतिमा प्रतिस्पर्धा गरेका अर्का उम्मेदवार उदयबहादुर खत्रीले ४६ मत ल्याए । संस्थापक सभापति विपीन पौडेलको हृदयघातबाट निधन भएपछि कार्यवाहक सभापतिको भूमिकामा बुढा क्षेत्री थिइन् । संस्थापक सभापति पौडलको गत साउनमा चेन्नइबाट सिंगापुर पुगेको बेला ह्दयघातबाट निधन भएको थियो ।
Read full story at source (onlinekhabar.com)