बाढी प्रभावितलाई नेपाल लाइफको दुई करोड ५१ लाख सहयोग
baahrakhari.com · Sun Aug 30 08:37:56 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहयोग उपलब्ध गराएको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । यस सहयोगले विपद्बाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीकोे छ ।
Read full story at source (baahrakhari.com)