इक्वेडरमा एल निनोका कारण आपतकाल घोषणा
gorkhapatraonline.com · Sun Aug 30 08:46:54 GMT 2026

इक्वेडरले एल निनो जलवायु घटनाका कारण शनिबार देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको अधिकारीहरूले बताएका छन् । इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको हो ।
सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा अन्य आपत्कालीन उपाय समन्वय गर्न सम्बन्धित समिति सक्रिय हुने छन् । एल निनोका कारण मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको समुद्री सतहको तापक्रम बढ्नुका साथै हावाको बहाव, वायुदबाब र वर्षाको ढाँचामा परिवर्तन आउने गर्छ ।
Read full story at source (gorkhapatraonline.com)