बैतडीकी ११३ वर्षीया मानमती भट्टले गरिन् मतदान
lokpath.com · Sun Nov 20 05:14:19 GMT 2022
बैतडी । बैतडीको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा पाटन–४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट खसालेकी हुन् ।
अब आउने नायाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनले सुनाइन् । ‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकेबाट देखेकी छु, अब देशमा स्थायीत्व होस, गरिवका दिन पनि आउन भन्ने चाहेकी छु,’ उनले भनिन् । जनताको दुःख बुझ्न सक्ने नेत्तृत्व चुनियोस् भन्ने चाहेको उनले बताइन् ।
Read full story at source (lokpath.com)