विपद्मा कसैले पनि राजनीति नगरौँ : अध्यक्ष ओली
ratopati.com · Sun Aug 30 08:58:18 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन् । आइतबार काठमाडौँमा भएको अन्तरक्रियामा राष्ट्रिय शोकको बेलामा कसैले पनि राजनीति गर्न नहुने बताएका हुन् ।
‘शोक र पीडामा कसैले पनि राजनीति गर्नुहुँदैन, सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्छ ।’ यस्तो अवस्थामा नागरिकको उद्धार, राहत र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुने भन्दै तीनवटै सरकार, सङ्घसंस्था र परोपकारी व्यक्तिहरू मिलेर समाधान गर्नुपर्ने ओलीको भनाइ छ । तर यस्तो बेलामा पनि सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको ओलीको भनाइ छ ।
Read full story at source (ratopati.com)