लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय
barnanmedia.com · Mon Jul 27 23:28:29 GMT 2026

काठमाडौँ, १२ साउनः लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी उजुरीको प्रभावकारी सम्बोधनका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तीन मन्त्रालयसँग समन्वयको पहल गरेको छ ।
मन्त्री सीता बादीको मन्त्रिस्तरीय निर्णयअनुसार गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक सहजीकरण, कानुनी सुधार र स्थानीय तहसम्म सेवा प्रवाह प्रभावकारी बनाउन औपचारिक पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)