रसुवाबाट सम्पर्कविहीन भाइको खोजीमा बुटवल आइपुगे भाइ
ratopati.com · Sun Aug 30 09:04:18 GMT 2026

बुटवल । रसुवामा आएको बाढीपछि प्रभु बैंकमा कार्यरत करिब ३५ वर्षीय किशोर गौरी भदौ १० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। चार दिनदेखि सम्पर्कविहीन भएपछि उनको परिवार अन्योल र चिन्तामा छ। किशोर जीवितै कतै उद्धारको पर्खाइमा छन् वा बाढीमा परेर ज्यान गुमाइसकेका छन् भन्ने यकिन हुन सकेको छैन।
किशोर सम्पर्कविहीन भएको भन्दै परिवारले सामाजिक सञ्जालमा उनको तस्बिर सार्वजनिक गरेको थियो। उक्त पोस्टमा एक व्यक्तिले किशोरजस्तै देखिने शव लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको हुन सक्ने भन्दै प्रतिक्रिया दिएपछि उनका भाइ नारायण गौरी दाइको अवस्था बुझ्न बुटवल आइपुगेका छन्।
Read full story at source (ratopati.com)