दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
baahrakhari.com · Tue Jul 28 00:11:01 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ।
दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ । नदी प्रवाहमा आधारित परियोजनालाई विद्युत् विकास विभागले २०८१ चैत १३ गते विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको थियो ।
Read full story at source (baahrakhari.com)