जलनमा राज्यले लगाउनुपर्ने मलम
annapurnapost.com · Tue Jul 28 00:22:03 GMT 2026

नागरिकले आफ्नै शरीरमा आगो लगाउनु केवल एउटा देहको अवसान होइन; यो त राज्यको चरम विफलता र समाजको निष्ठुरताले सल्काएको चिता हो। जब बाँच्ने सम्पूर्ण आशाहरू खरानी हुन्छन् र चारैतिर अन्धकारमात्र देखिन्छ, तब मानिस मृत्युको यस्तो भयानक बाटो रोज्न विवश हुन्छ।
काठमाडौंमा मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। उनको निधन भयो। भोलिपल्टै सर्लाहीमा आत्मदाहको हृदयविदारक घटना भयो। काठमाडौंको बुद्धनगर र धनगढीमा पनि यस्तै नियति दोहोरियो। लगातारका घटनाले गम्भीर प्रश्न खडा गरेका छन्, हाम्रो समाज कता जाँदैछ ? हाम्रो राज्य के गर्दैछ ? नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेका थिए भने त्यसअघिको वर्ष यो संख्या ६ हजार ८ सय ६६ थियो। यसको अर्थ, नेपालमा हरेक दिन औसत १९ जनाले आफ्नै जीवनलीला समाप्त पारिरहेका छन्। आत्मदाह र आत्महत्याका यी कुनै पनि घटना नितान्त व्यक्तिगत मामिला होइनन्।
Read full story at source (annapurnapost.com)