नामिबियासँग फेरि हार्यो नेपाल
kendrabindu.com · Tue Jul 28 00:29:38 GMT 2026
काठमाडौं । फिनिसिङमा चुक्दा नेपालले क्रिकेट विश्वकप लिग २ मा एउटा अर्को हार बेहोरेको छ । नेदरल्यान्ड्समा भइरहेको खेलमा नामिबियाले सोमबार नेपाललाई ३ रनले पराजित गर्यो ।
करण केसीले ५ विकेट लिएपछि टस हारेर ब्याटिङ गर्न आएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ११ रन बनाएको थियो । तर जवाफमा आएको नेपालले ६ विकेट गुमाई २ सय ८ रनमात्र बनाउन सक्यो ।
Read full story at source (kendrabindu.com)