बङ्गलादेश आँप महोत्सव काठमाडौँमा
barnanmedia.com · Tue Jul 28 00:32:21 GMT 2026

काठमाडौँस्थित बङ्गलादेशी दूतावासले सोमबार काठमाडौँमा आँप महोत्सव आयोजना गरेको छ । ‘बङ्गलादेश म्याङ्गो डेलिकेसी’ शीर्षकमा भएको महोत्सवमा बङ्गलादेशी आँपको समृद्ध विरासत, उत्कृष्ट गुणस्तर र विविध स्वादको प्रवर्धन गरिएको थियो ।
प्रमुख अतिथि तथा सार्क सचिवालयका महासचिव मोहम्मद गुलाम सरवरले सम्भावना हुँदाहुँदै पनि बङ्गलादेशबाट अन्तर्राष्ट्रिय बजारमा आँप र यसबाट बनेका प्रशोधित उत्पादनको निर्यात नगण्य रहेको औँल्याउनुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीले महोत्सवले आँप कूटनीतिमार्फत बङ्गलादेशका राजदूतले अघि सार्नुभएको यस नवीन पहलको सराहना गर्दै दुई देशबिच न्यानोपन र मित्रताको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
Read full story at source (barnanmedia.com)