नेतृत्व नफेरिने वाम एकता : अर्थ कि अनर्थ ?
nepalpress.com · Tue Jul 28 01:31:33 GMT 2026

नेपालको वाम आन्दोलनको इतिहास केवल राजनीतिक दलहरूको इतिहास होइन, यो शोषण, असमानता र निरङ्कुशताविरुद्धको जनसङ्घर्षको इतिहास पनि हो । यही आन्दोलनले नेपाली समाजमा वर्गीय चेतना जगायो, लोकतान्त्रिक अधिकारका लागि जनतालाई सङ्गठित गर्यो र गणतन्त्रसम्मको यात्रामा निर्णायक योगदान दियो । तर विडम्बना के छ भने, इतिहासमा यति ठूलो योगदान गरेको यही आन्दोलन आज आफ्नै आन्तरिक कमजोरी, नेतृत्वको निरन्तरता र व्यक्तिकेन्द्रित राजनीतिक संस्कृतिका कारण प्रश्नको घेरामा उभिएको छ ।
आज फेरि वाम एकताको चर्चा सुरु भएको छ । शीर्ष नेताहरूबीच भेटघाट भइरहेका छन्, सहकार्यका सङ्केत देखिएका छन् र राजनीतिक वृत्तमा नयाँ समीकरणको बहस चुलिएको छ । तर एउटा गम्भीर प्रश्न उठ्छ-के नेतृत्व नफेरीकन, पुरानै शक्ति संरचना यथावत् राखेर हुने एकतालाई वास्तविक वाम एकता भन्न सकिन्छ ? वा त्यो फेरि अर्को अस्थायी राजनीतिक सम्झौता मात्र हुनेछ ?
Read full story at source (nepalpress.com)