असारको बिजुली खपतमा तिरेको भ्याट भदौमा समायोजन हुने
kendrabindu.com · Tue Jul 28 01:37:31 GMT 2026
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असारमा खपत गरेको बिजुली महसुलमा ग्राहकले तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट) रकम ग्राहकको अग्रिम भुक्तानीको रूपमा कायम गरी आगामी भदौ महिनामा जारी हुने बिलमा समायोजन गर्ने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने भनेको हो ।
प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउनयता ग्राहकलाई पठाएको थियो । त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्थाअनुसार १ साउनदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो । त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो । त्यसैलाई स्पष्ट पार्न विभागले सोमबार विज्ञप्ति जारी गरिसकेको छ ।
Read full story at source (kendrabindu.com)