वीर अस्पतालको वार्षिकोत्सव: यस्तो छ १३७ वर्षअघिको मन्तव्य
swasthyakhabar.com · Tue Jul 28 01:57:00 GMT 2026

काठमाडौं- नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालको आज १३७औं वार्षिकोत्सव हो। विसं. १९४६ साउन १२ गते १५ शय्यासहित वीर अस्पताल स्थापना भएको हो। वीर अस्पताल हाल नयाँ सर्जिकल भवन सञ्चालनमा आएसँगै ९६० शय्या क्षमताको भएको छ।
अस्पतालको उद्घाटन कार्यक्रममा वीरशम्शेर जवाराको अगाडि देव शम्शेरले लिखित मनत्व्य दिएका थिए। सो क्रममा उनले नागरिकले नि:शुल्क रुपमा उपचार सेवा पाउने गरी स्थापना गरेको उल्लेख गरेका छन्। उनले काठमाडौंसहित तराईमा पनि अस्पताल खोलेको विषयमा लिखित मन्तव्यमा उल्लेख गरेको विषय वीर अस्पतालका पूर्व निर्देशक डा बुलन्द थापाले लेखेको पुस्तकमा उल्लेख छ।
Read full story at source (swasthyakhabar.com)