सात इन्जिनियरसँग ३० दिने स्पष्टीकरण माग
lokaantar.com

पूर्वाधार विकास मन्त्रालयले अध्ययन बिदा वा असाधारण बिदाको अवधि समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका सात जना इन्जिनियरसँग ३० दिने स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियरहरूलाई निजामती सेवा ऐन, २०४९ बमोजिम किन कारबाही नगर्ने भन्ने विषयमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
Read full story at source (lokaantar.com)