कप्तानगन्जमा हिंसात्मक घटना : घाइतेसँग बयान लिएर छानबिन सुरु
annapurnapost.com · Tue Jul 28 02:07:41 GMT 2026

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले काम सुरु गरेको छ ।
समितिले सोमबार राति विराटनगर आइपुगेलगत्तै विभिन्न अस्पतालमा उपचाररत घाइतेसँग बयान लिएर प्रमाण संकलन थालेको हो । सुरक्षा स्रोतका अनुसार गोली लागेर घाइते भएका चार जनाको विराटनगरस्थित न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । समितिका सदस्यहरूले तीनवटै अस्पताल पुगेर घाइतेसँग घटनाका बारेमा प्रत्यक्ष जानकारी लिएका छन् ।
Read full story at source (annapurnapost.com)