अन्तिम बलमा चौका प्रहार गर्न नसक्दा नामिबियाले नेपाललाई हरायो
himalpress.com · Tue Jul 28 02:20:11 GMT 2026
काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। सोमबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनायो।
नेपालका लागि आसिफ शेखले ८९ बलमा ४५ रन बनाए । कप्तान रोहित पौडेलले ४१ तथा आरिफ शेखले ३८ र कुशल भुर्तेलले ३४ रन बनाए । गुल्शन झा १९ रनमा अविजित रहे। नेपाललाई अन्तिम ४ ओभरमा ४० रन आवश्यक थियो । ४७औं ओभरमा ५ रन जोडेको नेपालले ४८औं ओभरमा ७ रन जोड्यो । ४९औं ओभरमा १२ रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा १७ रन आवश्यक भयो।
Read full story at source (himalpress.com)