काठमाडौं ओर्लिए सन्दीप लामिछाने
thahakhabar.com
काठमाडौं : बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं अवतरण भएका छन्।
१० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेको थियो। मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को मारेको थियो। उनी कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत् काठमाडौं आएका हुन्।