दुर्लभ खनिज : भूराजनीतिक औजार
nagariknews.nagariknetwork.com · Tue Jul 28 02:27:20 GMT 2026

वैश्विक एआई प्रणालीको नयाँ सञ्जाल स्थापना गर्न भर्खरै चीनको सांघाईमा एक भेला सम्पन्न भयो। यस भेलाले चीनको नेतृत्वमा वैश्विक एआई सहयोग संगठन गठन गर्यो, जसमा भारतबाहेक चीन, ब्राजिल, मलेसिया, पाकिस्तानसहित ग्लोबल साउथका तीस देश सदस्य छन्। यसलाई अमेरिकी नेतृत्वको ‘पाक्स सिलिका’को विकल्पका रूपमा हेरिँदै आएको छ भने कतिपयले यसलाई चीनको ‘डिजिटल सिल्क रोड’ पनि भनेका छन्। जेहोस्, चीन अब डिजिटल संसारको नेतृत्व गर्न अग्रसर हुँदै छ, जसका कारण अमेरिका सशंकित भइरहेको छ।
केहीअघि डोनाल्ड ट्रम्पको चीन भ्रमणका प्रमुख अजेन्डा थिए– इलेक्ट्रोनिक्स, एआई र चिनियाँ दुर्लभ खनिजको आपूर्ति सरलीकरण। उनकै विदेशमन्त्री मार्को रुवियोले भारत भ्रमणका क्रममा त्यहाँका टाइटानियम, ग्रेफाइट र जिरकोनजस्ता खनिजसम्बन्धी सम्झौता पनि गरे। तथापि, वैश्विक हिसाबले दुर्लभ खनिजमा भारतको हिस्सा ७ प्रतिशत देखिन्छ, जुन मध्यम स्तरको सञ्चिति हो। अमेरिकाले अस्ट्रेलिया, युक्रेन र अन्य देशसँग पनि यस्तै खनिजसम्बन्धी सहमति गरेको छ। अर्थात् आज अमेरिका दुर्लभ खनिजको खोजीमा तीव्र रूपमा लागेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)