बक्यौता नतिर्ने ३४ व्यवसायीको नाम सार्वजनिक, रकम दाखिला गर्न अन्तिम चेतावनी
aarthiknews.com

काठमाडौं । कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिकाले सिटी बसपार्कभित्रका सटर तथा माडा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका तर लामो समयदेखि बक्यौता रकम नतिरेका ३४ जना व्यवसायीको नाम सार्वजनिक गरेको छ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि सम्झौताअनुसारको बक्यौता रकम दाखिला नगरेपछि पहिलोपटक नामावली सार्वजनिक गरिएको जनाएको छ। सूचनामा उल्लेख गरिएअनुसार व्यवसायीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बक्यौता रकम बुझाई प्रमाणसहित नगरपालिकामा उपस्थित हुनुपर्नेछ।
Read full story at source (aarthiknews.com)