स्कूलको कोठाभित्र शिक्षिकाको शव, श्रीमान् सम्पर्कविहीन
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
भद्रपुर (झापा) । यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ ।
सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन् र श्रीमान्/श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए ।
Read full story at source (hamrakura.com)