सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुनमा टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’
ratopati.com · Tue Jul 28 02:55:25 GMT 2026

पोखरा । पोखरा बसपार्कमा रहेको सुकुमबासी बस्ती हटाएर त्यहाँ आधुनिक बसपार्क निर्माणको क्रममा छ पोखरा महानगरपालिका । लामो समयदेखि यसमा महानगरले प्रक्रियागत प्रयास गरिरहेको छ । हालसम्म बसपार्क क्षेत्रमा रहेका सुकुमबासीको पहिचान गर्ने र उनीहरूलाई आवश्यक पर्ने जग्गा खोजीको काम तीव्र पारिएको छ ।
महानगरले साउन १८ गते अन्तिम नामावली प्रकाशन गरेर गैर सुकुमबासी तथा गैर अव्यवस्थित बसोबासीलाई तुरुन्तै हटाउने तयारी गरेको छ । यसअघि पोखरा महानगरका प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीको संयोजकत्वमा समिति गठन भएर उक्त समितिले सुकुमबासीको पहिचान गर्ने काम सकेको छ ।
Read full story at source (ratopati.com)