यी ७ जना इन्जिनियरलाई कारबाही गर्ने तयारीमा पूर्वाधार विकास मन्त्रालय
kendrabindu.com · Tue Jul 28 03:00:30 GMT 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई कारबाही गर्ने तयारी गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै अध्ययन बिदा र असाधारण बिदाको अवधि समाप्त भएपश्चात पनि कार्यालयमा हाजिर नहुने इन्जिनियरहरूलाई कारबाही गर्ने तयारी गरेको हो।
सोही तयारीस्वरूप मन्त्रालयले उनीहरूसँग स्पष्टीकरण माग गरेको छ। उनीहरूलाई निजामती सेवा ऐन-२०४९ को दफा ५९ को खण्ड (ख) को उपदफा (१) बमोजिम कारबाही गर्न पर्ने कुनै मनासिव कारण भए सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सफाइ पेस गर्न भनिएको छ।
Read full story at source (kendrabindu.com)