पाल्पामा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते
lokaantar.com

पाल्पामा गएराति टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । पाल्पा-गुल्मी सडक खण्डअन्तर्गत हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिप्पर अनियन्त्रित भई तानसेन नगरपालिका–१२ गाइघाटमा दुर्घटना हुँदा सहचालक बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर–१ खप्तरीवाङका २५ वर्षिया तेजेन्द्र केसीको मृत्यु भएको हो ।
दुर्घटनामा चालक सोही ठाउँका २७ वर्षका मिनबहादुर कुमाल घाइते भएका छन् ।
Read full story at source (lokaantar.com)