खहरे खोला नजिक सुख्खा पहिरो, मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध
lokaantar.com

मुग्लिन–नारायणगढ खण्डअन्तर्गत मुग्लिन नजिकै पर्ने खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबार बिहान गएको पहिरोका कारण सडक बन्द हुँदा सयौँ सवारीसाधन र यात्रुहरू बाटोमै रोकिएका छन् ।
पहिरो गएलगत्तै सडक खुलाउन सम्बन्धित निकायले तदारुकता देखाएको छ। पहिरो पन्छाउन अहिले घटनास्थलमा आवश्यक मेशिन तथा उपकरणहरू परिचालन भइसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
Read full story at source (lokaantar.com)