प्रहरीद्वारा भन्सार छली गरेर ल्याइएका सिलाइ सामग्री बरामद
rajdhanidaily.com · Tue Jul 28 03:49:16 GMT 2026
सुदूरपश्चिम । कैलालीको भजनी नगरपालिका–५ स्थित गुलरिया घाट नजिकबाट प्रहरीले भन्सार छली गरी ल्याइएका रु तीन लाखभन्दा बढी मूल्यका सिलाइसम्बन्धी सामग्री बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी सहायक हवल्दार केशव साउदको कमान्डमा खटिएको टोलीले आज बिहान जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा रहेको रु तीन लाख चार हजार बराबरका सामान फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
Read full story at source (rajdhanidaily.com)