विद्यालयको आवासीय भवनमा शिक्षिकाको शव, मृत्यु रहस्यमाथि प्रहरी अनुसन्धान
kalakarmi.com · Tue Jul 28 04:00:22 GMT 2026

झापा- झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनभित्र एक शिक्षिकाको शव फेला परेको छ । मृतक सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना रहेको प्रहरीले जनाएको छ ।
कविता आफ्ना श्रीमान् रतन गुप्तासँग विद्यालय परिसरमै रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। पर्साको वीरगञ्ज–१६ निवासी गुप्ता र कविता दुवै जना गत वैशाखदेखि उक्त विद्यालयमा अध्यापन गर्दै आएका थिए ।
Read full story at source (kalakarmi.com)