पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध
kalakarmi.com · Tue Jul 28 04:08:25 GMT 2026

चितवन- देशकै व्यस्त राजमार्गमध्ये एक नारायणगढ–मुग्लिन सडकखण्ड सोमवार बिहान पहिरो खसेपछि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-७ अन्तर्गत मुग्लिन नजिक सार्वजनिक शौचालय आसपासको क्षेत्रमा पहिरो झरेपछि दुवैतर्फको सवारी आवागमन रोकिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो खसेलगत्तै सडक खुलाउने कार्य प्रारम्भ गरिएको छ । सडक डिभिजन कार्यालयको समन्वयमा डोजर तथा आवश्यक उपकरण परिचालन गरी पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए ।
Read full story at source (kalakarmi.com)