मुग्लिन–नारायणगढ सडकमा पहिरो, बाटो अवरुद्ध
baahrakhari.com · Tue Jul 28 04:10:06 GMT 2026

काठमाडौं । पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । मंगलबार (साउन १२) बिहान मुग्लिननजिकै चितवनको इच्छाकामना गाउँपालिका–७, खहरेखोलामा सुक्खा पहिरो खसेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
“मुग्लिन–नारायणगढ सडकखण्डको खहरेखोला मुग्लिननजिकै सुक्खा पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको छ,” सडक डिभिजनले भनेको छ, “पहिरो पन्छाउनको लागि सम्बन्धित स्थानमा दुईवटा मेसिनद्वारा पहिरो हटाउने कार्य भइरहेको छ । थप एकवटा मेसिन आउँदै छ ।”
Read full story at source (baahrakhari.com)