विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
baahrakhari.com · Tue Jul 28 04:35:06 GMT 2026

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टास्थित अरुणोदय इंग्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–२ की २९ वर्षीया कविताकुमारी ढुंगाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगन्ज महानगरपालिका–१६ निवासी हुन् । श्रीमान्/श्रीमती दुवैजनाले यही वर्ष वैशाखदेखि उक्त विद्यालयमा अध्यापन गरिरहेका थिए ।
Read full story at source (baahrakhari.com)