असार मसान्तसम्म खपत भएको बिजुलीको भ्याट नलाग्ने
himalpress.com · Tue Jul 28 04:56:49 GMT 2026

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्नेगरी आवश्यक प्रबन्ध गरिएको उल्लेख गरेको छ। प्राधिकरणले विद्युत् खपतका आधारमा मासिक रूपमा बिलिङ हुने गरेको र गत असार महिनामा खपत भएको विद्युत्को बिलिङ साउनमा जारी गर्दा कर आकर्षित हुने वा नहुने भन्नेमा द्विविधा उत्पन्न भएको थियो।
Read full story at source (himalpress.com)