नालाको भित्तामा ठोक्किँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु
annapurnapost.com · Tue Jul 28 04:57:07 GMT 2026

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडक खण्डमा हाइड्रोपावरका सामग्री बोकेको ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।
बिराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र.१–०२–००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भई सडकबाट चिप्लिएर नालातर्फ भित्तामा ठोक्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भोजपुरका करिब ३० वर्षीय चालक विशाल राईको घटनास्थलमै जलेर मृत्यु भएको छ भने सहचालक तेह्रथुम म्याङ्लुङ नगरपालिका–९ का १८ वर्षीय सञ्जीव संगौला सकुशल रहेका छन् ।
Read full story at source (annapurnapost.com)