मंगलबार सुनको मूल्य ४ हजार ३०० रुपैयाँ घट्यो
nepalnews.com · Tue Jul 28 05:16:13 GMT 2026

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा चार हजार ३०० रुपैयाँले घटेर दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
Read full story at source (nepalnews.com)