अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ
kalakarmi.com · Tue Jul 28 05:30:26 GMT 2026

काठमाडौं- अङ्ग्रेजी महिनाको सप्ताहान्तमा नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको पलेँटीमा यसपालि कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ । आफ्ना छोरा यमन श्रेष्ठका साथ गाउने तयारीमा रहेका मदन कृष्णले आजभन्दा १८ वर्ष पहिले पनि पलेँटीको मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए ।
मदन कृष्णले यसपालिको कार्यक्रममा आफ्ना पुराना लोकप्रिय गीतका साथै नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन् । उनले गाएका ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’, ‘सयथरी बाजा’ लगायत अनेकौँ गीतहरूले लोकप्रियताको शिखर चुमेका छन् ।
Read full story at source (kalakarmi.com)