रविसँग मिलेकै भोलिपल्ट बालेनले कुलमान बोकेर गर्न खोजेको चलाखी
shilapatra.com · Mon Dec 29 16:58:00 GMT 2025

केही दिनभित्रका शृङ्खलाबद्ध बैठकपछि अन्ततः रवि लामिछाने, बालेन साह र कुलमान घिसिङ मिल्न पुगेका छन् । निरन्तरको संवादपछि आइतबार झिसमिसेमै रवि र बालेनले साबुँदे सहमति गरेका थिए । रवि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति बन्ने र बालेन २१ फागुनको निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने समझदारी भयो । एक दिनअघिको समझदारीमा कुलमान छुटेका थिए ।
बालेनले लामो समय वार्तामा सहभागी गराए पनि उनी छुट्नुलाई अनौठो मानिएको थियो । बालेन कुलमानबिना नै मिले अनि उधारो प्रधानमन्त्रीको लागि सम्झौता गरे । यसैले उनलाई कमजोर रणनीतिकार मान्नेहरू पनि देखिए । किनकि, रविलाई हाताहाती पद तर बालेनलाई बहुमत आए मात्रै मिल्ने प्रधानमन्त्रीको दाबेदार मानियो ।
Read full story at source (shilapatra.com)