विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
rajdhanidaily.com · Tue Jul 28 06:15:39 GMT 2026
सुदूरपश्चिम । कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश नमूना लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा प्रयोशालामा परीक्षण गरिएका कुल एक हजार ७९ नमूनामध्ये एक हजार ३३ अर्थात् ९५ दशमलव सात प्रतिशत केमिस्ट्री तथा नार्कोटिक्स (लागुऔषध) सम्बन्धी छन् । प्रप्त विवरणअनुसार एक वर्षमा एक हजार ९४ नमूना परीक्षण सम्पन्न भएका थिए । तीमध्ये केमिस्ट्री तथा नार्कोटिक्सका एक हजार ३७ नमूना रहेको कार्यालय प्रमुख वीरेन्द्र चौधरीले जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)