नेप्सेमा सीईओ का लागि आवेदन खुल्यो
nepalviews.com · Tue Jul 28 06:21:03 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत दरखास्त आह्वान गरिएको छ। छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्यता पुगेका आवेदकहरूलाई आगामी साउन २६ गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन बुझाउन आग्रह गरेको छ।
यस पदका लागि उम्मेदवारले मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि, चार्टर्ड एकाउन्टेन्सी (CA) वा सो सरहको तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यस्तै पुँजी बजार तथा वित्तीय क्षेत्रको व्यवस्थापकीय तहमा कम्तीमा ७ वर्षको अनुभवसहित समग्रमा १५ वर्षको कार्यअनुभव आवश्यक पर्नेछ।
Read full story at source (nepalviews.com)