नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
onlinekhabar.com · Tue Jul 28 06:20:40 GMT 2026

१२ साउन, काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी ९सीडीओ० र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा मागेका छन् ।
नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् । बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए ।
Read full story at source (onlinekhabar.com)